प्रकृति

अवैधरुपमा निगालोका टुसा लग्दै गरेकाे अवस्थामा सवारी साधन प्रहरी नियन्त्रणमा

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैधरुपमा निगालोका टुसा संकलन गरी चोरी निकासी गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी चालक र टुसा ल्याउनेलाई प्रहरीले पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा बुझाएको छ । घाचोक कास्की प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले माछापुच्छ्रे गाउँपालिका ४ लम्सालथरमा ग ३ च ४५४० नम्बरको बोलेरो जीप चेकजाँच गर्ने क्रममा अवैधरुपमा संकलन गरेर ल्याएको निगालोका टुसा फेला परेपछि सवारी साधन नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।जीप संगै कास्कीको माछापुच्छ्रे« गाउँपालिका १… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा अनुमति नदिँदै निगालोकाे टुसा संकलन : कानुनी कारबाही हुन्छ एक्याप

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले अनुमति नदिँदै संरक्षण क्षेत्रबाट निगालोकाे टुसा संकलन भएकाे भन्दै त्यसाे नगर्न सूचना जारी गरेकाे छ । संरक्षण क्षेत्रमा निगालोकाे टुसा र बाँसको तामा संकलन तथा ओसारपसार गर्ने अनुमति श्रावण ५ गते पछि मात्र हुने भएकोले टुसाको संकलन तथा ओसारपसार गरेको खण्डमा संकलनकर्ता तथा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही हुने आयोजनाले जनाएको छ ।  संरक्षण क्षेत्रमा यसरी अनुमति बिना संकलन गर्दा कारबाही हुने कानुनी व्यवस्था भएकोले यस सम्बन्धी कार्य नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिएको… पुरा पढौ

गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना: सतर्क रहन चेतावनी

आगामी २४ घण्टामा गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन भनेको छ । भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले सतर्क रहन चेतावनी दिएकाे हाे । भारी वर्षाका कारण ती क्षेत्रहरूमा दैनिक जवजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणमा समस्या पर्न सक्ने भएकाेले सतर्क रहन अनुराेध गरिएकाे हाे । सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक… पुरा पढौ

प्लास्टिक झोला मुक्त संसार सम्भव छ

प्लास्टिक झोला मुक्त संसार सम्भव छ र एकल प्रयोगको प्लास्टिक झोलाको वातावरणीय विकल्पहरू उपलब्ध छन् भन्ने सन्देश फैलाउँदै आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइएको छ । जुलाई तीनमा विश्वभर अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइन्छ । प्लास्टिक मानव स्वास्थ्य, वन्यजन्तु, वनस्पति नदी, खोला, ताल, समुन्द्रको जैविक विविधताका लागि प्रतिकूल छ । खेती योग्य भूमिमा प्लास्टिक फैलँदा उब्जाउ जमिन मरुभूमिकरण हुँदै गएका छन् । ताल, खोला, नदी, समुन्द्रमा प्लास्टिक फैलँदा पानीमा रहेका जीव, वनस्पति जोखिममा पर्दै गएका विज्ञहरूले बताएका छन् ।  मानव… पुरा पढौ

वर्षा याममा यस्ता रोगहरूको हुन्छ उच्च जोखिम

पोखरा : मनसुन सुरु भएको छ । वर्षा याममा प्राकृतिक विपद्को जोखिम मात्र होइन मनसुनमा विभिन्न रोगहरूको उच्च जोखिम पनि हुन्छ ।मनसुनमा सबैभन्दा धेरै झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब, टाइफाइड, रुघाखोकी हुने डा थानेश्वर पहारी बताउँछन् । यस्तै गरी छालाको समस्या, पेटको संङ्मण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी हुने उनले बताए । वर्षा याममा दूषित खाना र पानीका कारण विभिन्न रोग लाग्ने गर्दछ । लामखुट्टे, झि«ङ्गा, फोहोरका कारण सङ्क्रमण हुने… पुरा पढौ

ठूलो पानी पर्‍यो कि कहाँ पहिरो जान्छ र कस्को ज्यान जाने हो भन्ने त्रास

वर्षा माैसम चलिरहेको छ । किसान धान रोप्ने चटारोमा छन् । देशमा सबै ठाउँमा सिचाइँको सुविधा छैन । यसैले पानी परोस् र भल पानी छोपेर खेत रोप्न पाइएला भन्ने किसानको चाहाना छ । पानी परोस् भन्ने चाहाना सँगै बाढी पहिरो गएर बस्ती नै सखाप पार्ने हो कि भन्ने अर्को चिन्ता पनि सँग सँगै छ ।  ठूलो वर्षा हुने क्रम सुरु भए सँगै विभिन्न जिल्लाबाट बाढी, पहिरो, चट्याङ्गले धनजनको क्षति भएका समाचार आइरहेका छन् । पछिल्लो घटना गुल्मीमा पहिरोले घर परिँदा एकै… पुरा पढौ

असार १५ मा यस्तो छ देश भरको मौसम

पोखरा : असार महिना देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैले यो मौसममा वर्षा हुनु सामान्य हो । वर्ष याम भए पनि विगतमा जस्तो सामान्य वर्षा हुनुलाई सामान्य नै मान्नु पर्छ । तर  विगतमा हुने वर्षा भन्दा अति धेरै र अति कम हुनु भने जोखिम अवस्था हो । मौसम परिवर्तनका कारण पृथ्वीका सबै क्षेत्रमा यो अवस्था आएको वैज्ञानिकहरू बताउँछन् । धान दिवस असार १५ मा देशभरको मौसम कस्तो रहन्छ त । जल तथा मौसम विज्ञान विभागको यस्तो छ अनुमान । … पुरा पढौ

मनसुन भित्रिए संगै २८ जनाको मृत्यु

नेपालमा मनसुन भित्रिए संगै मनसुनजन्य विपद्बाट २८ जनाको मृत्यु भएको छ । जेठ २८ देखि असार १२ गतेसम्म मनसुनजन्य विपद्बाट २८ जनाको ज्यान गएको हो ।  गृह मन्त्रालयको तथ्याङ्कअनुसार मनसुनजन्य विपद्बाट अहिले सम्म ३३ जिल्ला प्रभावित भएका छन् भने १४७ वटा मनसुनजन्य घटना भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २५ घर पूर्ण क्षति र १० घरमा पहिरोले आंशिक क्षति पु¥याएको छ । पहिरोको कारण कास्कीमा दुई जना… पुरा पढौ

फेवाताल र सिमसार संरक्षण गर्न २ करोड

पोखरा महानगरपालिकाले २०८१÷०८२ को बजेटमा फेवाताल र सिमसार क्षेत्र संरक्षण गर्न बजेट छुट्ट्याएको छ । पाेखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले साेमबार बजेट प्रस्तुत गर्दै फेवाताल र सिमसार क्षेत्र संरक्षण गर्न बजेट छुट्ट्याएको बताइन् । फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणको काम शुरु गर्न २ करोड छुट्ट्याइएको सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार प्रस्ताव… पुरा पढौ

हरित कर के हो , के केमा लाग्छ ?

पोखरा : सरकारले आर्थिक वर्ष २०८१÷०८२ देखि हरित कर सुरु गरेको छ । किन लगाउन सुरु गरियो हरित कर ? हरित कर के हो त ?  सरकारले लगाउन सुरु गरेको हरित कर  कार्बनको न्यून उत्सर्जन र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्य रहेको बताइएको  छ ।    सरकारले उत्पादनमा जोड दिएर नयाँ उत्पादन मुलक उद्योग, ठूलो स्केलमा कृषि उत्पादनकालागि कृषि भूमि छुट्टाएर कृषि उत्पादनमा आत्मनिर्भर हुने र नयाँ करका स्रोत नयाँ उत्पादनबाट प्राप्त गर्ने भन्दा पनि पुरानै चलिरहेका दैनिकीलाई बिथोल्ने गरी कर थुपार्ने… पुरा पढौ