प्रकृति

अतिक्रमण र प्रदूषणको चपेटामा परेको फिर्केखोलाले पुनः जीवन पाउँला

यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले यहाँ बनेका संरचना आइतबारदेखि भत्काउन सुरु गरेको छ । फिर्केखोला अतिक्रमणमा मात्र परेको छैन । प्रदूषणको चपेटामा पनि परेको छ ।पोखराको मुख्य बजार भएर बग्ने फिर्केखाला बजारको फोहोर र खोलावरपरको बस्तीको फोहोर थेग्न नसकेर दुर्गन्धित बनेको छ । दुई दर्शक अघि सम्म स्थानीय नुहाउने, पानी समेत पिउन प्रयोग हुने खोला अतिक्रमण गरेर बस्ती बस्ने क्रम बढ्नुको साथै पोखरा बजारको ढल र… पुरा पढौ

रुख संरक्षण गर्न सचेत गराउने जीपीएस लोकेशन सहित “बैदामका वृक्ष” पुस्तक

जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका  वृक्ष” पुस्तक सार्वजनिक भएको छ । पोखरा ६ बैदाम स्थित ताल किनारमा रहेका १ सय ८ वटा बुढा रुखको जीपीएस लोकेशन समेत रेकर्ड गरेर रुखका पर्यावरणीय, धार्मिक, सांस्कृतिक, औषधीय महत्व, आर्थिक महत्व समेत समेटेर पुस्तक सार्वजनिक गरिएको पुस्तकका प्रकाशक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए ।  कृषि वैज्ञानिक डा अनिल सुवेदी, सामाजिक अभियन्ता अनिल… पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस : नेपालमा सान्दर्भिकता

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त राष्ट्रसंघले सन् २००० मा चयन गरेको हो I सन् १९९२ मे २२ मा भएको जैविक विविधता महासन्धि (Convention on Biological Diversity) को सम्झनामा यो दिवस मनाउने निर्णय गरिएको हो I यस दिवसको मुख्य उद्देश्य - जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकता बारे आम जनचेतना फैलाउनु नै हो । यो दिवस मनाउने क्रममा प्रत्येक बर्ष एक नारा (Theme) तय गरिन्छ I… पुरा पढौ

चोरी सिकार नियन्त्रण गर्न उच्च हिमाली क्षेत्रमा ड्रोनबाट निगरानी

चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ ।  संरक्षण क्षेत्रको जोमसोम स्थित भौगोलिक रूपमा विकट हिमाली क्षेत्रका रानीवन, भोगम्बो, नमखु खर्क, भ्रप्सो खर्क लगायत आसपासका उच्च हिमाली क्षेत्रहरूमा ड्रोनको माध्यमबाट  वन गस्ती गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोम कार्यालयले जनाएको छ।  मानव उपस्थिति न्यून भएका यी क्षेत्रहरूमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न, वन तथा वन्यजन्तुको अनुगमन गर्न र पर्यावरणीय संरक्षणलाई थप सबल बनाउन आधुनिक प्रविधि युक्त गस्ती सञ्चालन… पुरा पढौ

जलवायु परिवर्तनका असर : महासागरको सतही तापक्रम बढ्यो

जलवायु परिवर्तनको असर महासागरमा देखिन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् । विश्वमा तापक्रम वृद्धिले नेपालका हिमाल कालापत्थरमा परिणत हुने क्रम बढेको छ ।  हिमतालहरू पग्लने, विस्फोट हुने क्रम तीव्र मात्र भएको छैन यसले हिमाली जनजीवनमा पनि प्रभाव पार्न थालेको छ । पानीका स्रोत सुक्दा बस्ती नै अन्यत्र सर्नु पर्ने अवस्था पनि मुस्ताङ लगायत हिमाली जिल्लाका साझा समस्याको रूपमा देखा पर्दै गएको छ । यस्तै समस्या महासागरमा पनि पर्दै गएको हालै युरोपेली सङ्घ अन्तर्गत जलवायु निगरानी निकायले बताएका छन् । तापक्रम वृद्धिले… पुरा पढौ

फेवा किनारमा ज्याकाराण्डा फूलको सुन्दरता

पोखरा : पर्यटकीय राजधानी पोखराको फेवाताल वरपरको क्षेत्र पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । फेवातालको पुछार ड्यामसाइड अन्नपूर्ण, धौलागिरी हिमशृङ्खलाको अवलोकनकालागि प्रख्यात छ । यस्तै ताल किनारका वरपरका सबै क्षेत्र पर्यटककालागि उतिकै आकर्षक छन् । तालको मुहान फेवा फाँट विभिन्न प्रजातिका पानी चराको अवलोकनकालागि प्रख्यात छ । यति बेला फेवाताल किनारको गौरीघाट क्षेत्र पर्यटककालागि थप आकर्षकका केन्द्र बनी रहेको छ । तालको सुन्दर दृश्य, रानीवनको हरियाली दृश्य अवलोकन र नौकाविहारकालागि आकर्षक यस क्षेत्र यति बेला गौरीघाट पार्कको फेवा किनारमा फूलेका ज्याकाराण्डा फूलको… पुरा पढौ

अन्नपूर्ण जलवायु सम्मेलन : जोखिम न्यूनीकरण र अनुकूलनकालागि साझा प्रतिवद्धता

पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले १५ बुँदे माछापुच्छ्रे घोषणापत्र–२०८३’ जारी गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र अनुकूलनका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ । सेतीबाढीमा ज्यान गुमाएकाको सम्झनामा अन्नपूर्ण संरक्षण क्षेत्रको कास्कीको खारापानीमा बनाइएको स्मृति स्तम्भ । तस्बिरहरु : कृष्णमणि बराल गण्डकी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकासहित विभिन्न संघसंस्थाहरुको आयोजनामा भएको दुई दिने ‘माछापुच्छ्रे संवाद’ पछि यो घोषणापत्र सार्वजनिक… पुरा पढौ

चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार

दाङ जिल्लाको लमहीमा भएको १३ औं लाटोकोसेरो संरक्षण उत्सवमा चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ। यस वर्ष प्रकृति संरक्षण पुरस्कारबाट नर्वेजियन प्राणीशास्त्री र अन्तर्राष्ट्रिय रूपमा सम्मानित उल्लू अनुसन्धानकर्ता डा. रोअर सोलहेमलाई सम्मानित गरियो। प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित हुँदैै नर्वेजियन प्राणीशास्त्री, उल्लू अनुसन्धानकर्ता डा. रोअर सोलहेम । नेपालतर्फ संरक्षणविद् डा. हुमबहादुर गुरुङलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरियो। उनी बर्डलाइफ इन्टरनेसनलमा वरिष्ठ एसिया साझेदारी प्रबन्धकका रूपमा कार्यरत छन्। प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित हुँदैै संरक्षणविद् डा. हुमबहादुर गुरुङ । यस्तै नेपालका… पुरा पढौ

पानीका स्रोत संरक्षण गर्न जल मोडेल समायोजन कार्यक्रम

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको  जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी सम्पन्न भएको छ।  गण्डकी नदी बेसिनमा समुदाय र पारिस्थितिक प्रणालीको जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्यसहित काम अघि बढिरहेको छ। गोष्ठीमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, प्राविधिक समिति सदस्यहरू, विषय विज्ञहरू, प्राज्ञिक क्षेत्रका प्रतिनिधिहरू, विकास साझेदार संस्थाहरू तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको आयोजकले बताएका छन् । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेश सरकारले जलवायु जलवायु अनुकूलन… पुरा पढौ

दाङको लमहीमा बैशाख १८ देखि लाटोकोसेरो संरक्षण उत्सव

दाङ : प्रकृतिका साथीहरुको आयोजनामा हुँदै आएको लाटोकोसेरो संरक्षण उत्सवको १३ औं संस्करण वैशाख १८ र १९ गते दाङको लमहीमा हुँदै छ । सन् २०१२ देखि स्थानीय सस्कृति, खेल, संरक्षण संगै लाटोकोसेरो, विभिन्न प्रजातिका चरा, वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले लाटोकोसेरो संरक्षण उत्सव हुँदै आएका छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सवको तयारी गरिएको हो । लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव… पुरा पढौ