प्रकृति

पशु ढुवानी मापदण्ड कार्यान्वयन भएन, यस्तो छ पशुमाथिको ज्यादती

नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरूमाथिको ज्यादती बढ्दै गएको छ । साना ठूला ट्रकहरुमा ठूला भैँसी देखि कलिला पाडाहरू बस्तुहरू कोचेझैँ कोचेर ढुवानी गर्ने गरे पनि अनुगमन गर्नु पर्ने सरकारी निकायले अनुगमन नगर्दा पशु चौपायामाथि ज्यादती बढ्दै गएको छ ।   शुक्रबार दिउँसो नारायणगढ मुग्लिङ सडक खण्डमा त्यस्तै दृश्य देखिएको छ । सामाजिक सञ्जालमा सुरजन श्रेष्ठले यस्तै कारुणिक दृश्य झल्कन एक चौपायाको तस्बिर पोस्ट गर्दै उद्धार गरेको बताएका छन् । पशु चौपाया ढुवानी गर्ने एउटा ट्रकले एक… पुरा पढौ

मनसुन पूर्वको वर्षा : घटायो वन डढेलो

खडेरी, हावाहुरीको मौसम चैत, वैशाखमा नेपालमा धेरै डढेलो लाग्ने गर्दछ् । यो मौसममा हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा धेरै पानी परेकोले डढेलोका घटनामा गिरावट आयो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्यांकअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो संख्या २०७९ चैतमा घटेर २६७ मा झरेको… पुरा पढौ

फेवातालको मापदण्ड भित्रका संरचनामा झिसमिसेमै चल्यो डोजर

पोखरा महानगरपालिकाले फेवाताल किनार पोखरा १८ खापौदी क्षेत्रका ६५ मिटर मापदण्डभित्र बनेका संरचनामा डोजर चलाएको छ। फेवाताल अतिक्रमणविरुद्ध चासो नदिएको आरोप लागिरहेका बेला सरकारले मापदण्डविपरीतका संरचना हटाउन सुरु गरेको हो।नियुक्त भएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले पोखराका मेयर धनराज आचार्यलाई फोन गरी फेवाताल अतिक्रमणविरुद्ध तयारी सुरु गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि पोखरा महानगरले विगतमा भएको सर्वोच्चको फैसला समेत कार्यान्वयनको काम सुरु गरेको हो । फेवाताल किनारको वाटर फ्रान्ट रिसोर्टमा पनि महानगरपालिकाले डोजर चलाएर स्वीमिङ पुल भत्काएको छ। माइकिङ गरेर मापदण्डभित्रका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल माथीको आकाशमा कावा खाइरहन्छन् सेतो गिद्ध

पोखरा उपत्यकामा स्याटेलाइट ट्याग लगाएका १० सेतो गिद्धको विचरण र आनिबानी विगत डेढ वर्षदेखी अनुगमन गरिराखिएको छ । यस अध्ययनबाट ती गिद्धहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरपरको आकाशीय क्षेत्र बारम्बार प्रयोग गर्ने गरेको तथ्य भेटिएको छ। टेलिमेट्रीबाट प्राप्त तथ्याङ्कले देखाउँछ कि ट्र्याक गरिएका धेरै गिद्धहरू विमानस्थलको उडान मार्ग (एरियल करिडोर) भित्र वा त्यस आसपास निरन्तर उडिरहेको पाइन्छ। केही गिद्धहरू विमानस्थलको जमिन तथा नजिकका खुला क्षेत्रमा केही समय बिताएको पनि रेकर्ड गरिएको छ। यसबाट के देखिन्छ भने विमानस्थलको क्षेत्र र त्यस आसपासको… पुरा पढौ

तीन महिना भित्र सरकारले फेवातालको अतिक्रमण हटाउने

पोखरा : जेनजी आन्दोलनपछि बनेको सरकारले कास्कीको पोखरास्थित फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा यो उल्लेख छ । ‘पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्र्थापना, पहिलो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलका कार्यहरू रोकारवालाहरूको सहभागितामा तीन महिनाभित्र प्रक्रियाअघि बढाइँ जलाधार क्षेत्रको प्रभावकारी रुपमा संरक्षण गर्ने,’ निर्णयमा भनिएको छ । पोखराको फेवातालको मुहान देखि नै अतिक्रमण र प्रदूषणको चपेटामा परेको छ ।… पुरा पढौ

पर्यटकको अग्रसरतामा फेवा सफाई अभियान

पोखरा : चेक रिपब्लिकबाट पोखरा घुम्न आएका पर्यटक माइक आसभेट फेवाताल किनार घुम्ने क्रममा तालमा प्लास्टिक जन्य लगायतका फोहोर देखे । पोखराको प्राकृतिक सुन्दरतामा रमाउन आइरहने माइकले फेवा पहिलेको भन्दा धेरै फोहोर देखेपछि सरसफाईकालागि चिनेका साथीहरू र सामाजिक सञ्जालमा समेत पोस्ट गरेर अनुरोध गरे । माइकको पहलमा पोखराको गाईघाट क्षेत्रको तालमा थुप्रिएको फोहोर शनिबार सफा गरिएको छ । यो अभियानलाई वि पोखरेली टिमले साथ दिएको हो । सफाई अभियन्ता माइकले पोखरेली र नेपालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा यसो भनेका छन् । यो तिम्रो… पुरा पढौ

जलवायु संकट नियन्त्रण गर्न सरकार बनाउँदै गरेको रास्वपाको यस्तो छ योजना

प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जलवायु संकट नियन्त्रण गर्न विश्व मञ्चमा नेपाललाई जलवायु कूटनीतिको नेताको रुपमा उभ्याउँदै हिमाल पग्लने समस्या र त्यसको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय कोष आकर्षित गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिने निर्वाचनमा सर्वजर्निक गरिएको वाचा पत्रमा उल्लेख छ । स्वच्छ सहर र जलवायु कूटनीतिको विश्वव्यापी नेतृत्व गर्ने पनि उल्लेख गरिएको छ । विसं २०८७ सम्ममा वातावरणीय संकटलाई राष्ट्रिय सुरक्षाको अभिन्न अंग मान्दै काठमाडौं लगायत प्रमुख… पुरा पढौ

संरक्षण गीत ‘सिक्लेसैको सेतो टोपी’ सार्वजनिक

पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता, सस्कृति, जनजीवन म्युजिक भिडियोमा समेटिएको छ । बर्ड लाइफ इन्टरनेशनलको सिनियर एसिया पार्टनरसिप म्यानेजर डा हुमबहादुर गुरुङले निर्माण गरेको म्युजिक भिडियोले प्रकृति, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पग्ने भिडियो सार्वजनिक कार्यक्रममा वक्ताहरुले बताएका छन् । संरक्षण भिडिायो रोधिं प्लस युट्युब च्यानलमा हेर्न सकिन्छ । पर्यटकीय र जैविक विविधताले धनी सिक्लेस र वरपरको छायांकन गरिएको भिडियोको निर्देशन साजन गुरुङले गरेका हुन् । उनलाई… पुरा पढौ

बाघ गणना सम्पन्न

नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । दुईवटा राष्ट्रिय निकुञ्ज र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो । एउटा ब्लकमा १७ वटा क्यामेरा राखेर काम गरिएको थियो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५… पुरा पढौ

नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि

नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को अनुवंशिक पहिचान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। बरालले जापानको होक्काइडो विश्वविद्यालय, पशु चिकित्सा संकाय अन्तर्गतको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट पीएचडी सफलतापूर्वक पूरा गरेका हुन्। तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि गर्दै पीएचडी भएको यो पहिलो रहेको बताइएको छ । बरालको अनुसन्धान नेपालका लागि विशेष महत्वको मानिएको छ । उनले नेपालमा पहिलोपटक आनुवंशिक (genetic) प्रमाणका आधारमा तिब्बती खैरो भालु… पुरा पढौ