समाचार

विन्ध्यवासिनी मन्दिरमा चरालाई चारा व्यवस्थापन

कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण सुनसान विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन भने नियमित गरिएको छ ।  मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएका कारण भक्तजन आउन छोडे पछि परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुने अवस्थालाई दृष्टिगत गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले नियमित चाराको व्यवस्थापन गराएको हो । अघिल्लो वर्षको लामो समयको बन्दाबन्दीमा पनि समितिले चारा व्यवस्थापन गरेको थियो।   पुरा पढौ

गैँडा तस्करीमा संलग्न पक्राउ

चितवन: चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी सिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेस गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन् । उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेस गरिएको र अदालतले २ लाख ५० हजार… पुरा पढौ

म कसरी लाटोकोसेरो ?

म कसरी लाटोकोसेरो ?जब तपाई अँध्यारोमा छामछुम गरिरहेका हुन्छौम प्रस्ट देखिरहेको हुन्छुम कसरी लाटोकोसेरो ? जब अँध्यारो बढ्दै जान्छम देख्छुअचम्मका दृश्यनेताको झन्डावाल पजेरोप्रवेश गरेको –न्यायधिशको निवासमार व्यापारीको बङ्गलामाम उड्दै झ्यालबाट नियाल्छुर देख्छुदशकौँपछि भेटिएका सहपाठीझैँअङ्कमाल गरिरहेकाकानेखुसीमा बात मारेकाफाइलका ठेलीमा हेर्दै निधार खुम्च्याएकासाथै देख्छुचियर्स गर्दैर दोबारेर सुटुक्ककोटको गोजीमा चेक घुसारेका त्यसो तथुप्रै पटकतारे होटेलबाटमात्तिएर ढुन्मुनिदै निस्केको पनि देखिन्छ तपाईँको नेतातपाई त आदर्श नै मानेरउनैको फोटो टाँगेर कोठामाउनको एक शब्दमा बलिदान हुन तैयार हुनेछु भन्छौउनकै कारण हामीजस्ता श्रमजीवीको सपना जिउँदा छन् भन्छौँनारायण नारायणअब… पुरा पढौ

वन्यजन्तु अपराध कम गर्न ब्यूरो गठन

बलेवा । अवैध रूपमा हुन सक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणका लागि ढोरपाटन शिकार आरक्ष क्षेत्रमा जिल्लास्तरीय (बाग्लुङ) वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका ‘प्रमुख संरक्षण अधिकृत’ को संयोजकत्वमा ब्यूरो गठन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र  वन तथा भूसंरक्षण विभाग लगायतको  पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । शिकार आरक्ष फैलिएका म्याग्दी र रुकुम पूर्वमा पनि ब्यूरो गठनका लागि सिफारिस गरी विभागमा पठाइएको कँडेलले… पुरा पढौ

शुभकामना सन्देशहरू

शुभकामना सन्देशहरू गण्डकी प्रदेश विशेष गरी पोखरालाई कार्य क्षेत्र बनाई पत्रकारिता क्षेत्रमा लाग्नु भएका प्रकृति प्रेमी साथीहरुले इ-नेचर न्युज अनलाइन पत्रिका सञ्चालन गर्न लाग्नु भएको खबरले मलाई अत्यन्त  खुसी तुल्याएको छ । मलाई आशा एवं विश्वास छ , यो पत्रिकाले गण्डकी प्रदेशको मात्र नभएर समग्र नेपाल र अन्तर्राष्ट्रिय स्तरका वन र वातावरण, वन्यजन्तु र वनस्पति, जैविक विविधता र पारिस्थिकीय प्रणाली, वातावरण र जलवायु परिवर्तनका मुद्दा तथा ताल तलैया मात्र होइन तराई, भित्रीमधेश, पहाड र हिमालका कुना कन्तारामा लुकेर रहेका प्रकृतिका ज्ञानलाई… पुरा पढौ

काेराेना कहर: एकैदिनमा ५५ जनाको मृत्यु

पाेखरा : कोरोना भाइरस संक्रमण र मृत्युकाे ग्राफ निरन्तर डरलाग्दो गरी उकालो लागेको छ । वैशाख २१ गते मंगलबार एकै दिन ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म पुष्टि भएको एकै दिनमा धेरै मृत्युको सङ्ख्या हो।सरकारले सोमबार प्रकाशित गरेको विवरण अनुसार थप ७,४४८ जनामा काेराेना संक्रमण र ३७ जनाको मृत्यु भएको थियो । यसै गरी आइतबार २७ जनाको मृत्यु भएको थियो । यसरी कोरोना संक्रमण र मृत्युको संख्या डरलाग्दाे गरी निरन्तर उकालो… पुरा पढौ

धाैलागिरी हिमाल क्षेत्रमा भेटिएको हेलिकाेप्टर आकस्मिक अवतरण गर्दा दुर्घट्नामा परेको थियो

पोखरा : धौलागिरी हिमालको आधारशिविर सरसफाईको क्रममा भेटेको हेलिकाेप्टर आकस्मिक अवतरण गर्दा दुर्घट्नामा परेको पाइएको छ । धौलागिरी हिमालकाे आधार शिविरमा ३ सेप्टेम्बर २००६ मा बिरामी लिन पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकाेप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नु पर्दा दुर्घट्नामा परेको थियाे । आकस्मिक अवतरणकाे क्रममा फोर्स ल्याण्डिङ गर्दा हेलिकाेप्टर दुर्घट्नामा परेको एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका बताएका छन् । उद्धार गर्न गएकाे हेलिकाेप्टरमा पाइलट एक्लै थिए । हेलिकाेप्टर उडाइरहेका पाइलट सुरक्षितरुपमा बाहिर निस्किए ।… पुरा पढौ

जंगलको डढेलो बस्तीमा फैलदा रोल्पामा ४१ घर गोठ नष्ट

आगोलागीबाट १६ वटा बाख्रा, ७ वटा गाई, बंगुर जलेर मृत्यु रोल्पा : जंगलको डढेलो बस्तीमा फैलदा रोल्पामा ४१ घर र गोठ नष्ट भएका छन् । बस्तीमा पसेको आगोलागीबाट त्रिवेणी गाउँपालिका २ पिराले गाउँका घर गोठ जलेर नष्ट भएको हो । जस्तापाताको छानो भएका केही घरबाहेक गाउँका सबै घरगोठ सखाप भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । बस्ती नै जलेपछि स्थानीय ३५ घरपरिवार खुला आकाशमुनि बसेका छन् । डढेलोबाट स्थानीयले ज्यान जोगाउन सफल भए पनि घरभित्रको अन्नपात, लत्ताकपडा,… पुरा पढौ

पूर्वराजा दम्पतीलाई अक्सिजन दिएर उपचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएको हो।   पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि उपचार सुरु गरिएकाे थियाे । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गरिएकाे हाे । कोरोना भाइरसबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल… पुरा पढौ

काेभिड त्रास : शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

कोभिड–१९ काे त्रास बढेपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। कोभिड_१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार मन्त्रिपरिषदले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शहरी क्षेत्रका सबै विद्यालयमा भर्चुअल कक्षामा  सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढे पनि सरोकारवालाहरूले भने विद्यालय बन्द गर्न नहुने बताउँदै आएका थिए। मन्त्रिपरिषद्ले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी… पुरा पढौ