समाचार

मान्छेभन्दा चरालाई माया गर्ने ‘काजी दाइ’ रहेनन्

पोखरा । नेपालका चराहरूको अध्ययन र संरक्षण क्षेत्रका अग्रज हरिशरण नेपाली रहेनन् l  उनी ‘काजी दाइ’ को नामले विख्यात थिए l उनको नेतृत्वमा  सन् १९८२ मा ‘नेपाल पन्छी संघ’ को स्थापना भएको थियो l तर त्यस बेला सो संस्थालाई ‘चरा अवलोकन क्लब’का नामले चिनिन्थ्यो l ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, ‘प्रबल गोरखा दक्षिण बाहु’ लगायत उनले अनगिन्ती पुरस्कार र सम्मानहरु  प्राप्त गरेका छन् l पहिलो पटक उनले चराको नमुना सन् १९५६ मा संकलन गरेका थिए l ६० वर्षको अवधिमा उनले करिब ५ सय ७५… पुरा पढौ

लमजुङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

पहिलाे पटक ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केल र दोस्रो पटक ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको हाे । पाेखरा : लमजुङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प बुधबार बिहान फेरि भूकम्प गएको छ । लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यस अघि बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प… पुरा पढौ

सर्पलाई जितेका महेन्द्रले कोरोना जित्न सकेनन्

पोखरा । पोखरामात्र नभई मुलुकभर सर्प उद्धारका लागि बिख्यात थिए महेन्द्र कतिला । प्राकृतिक प्रकृयाका लागि विश्वमा भएका सबै जीवको कुनै कुनै तरिकाले महत्व हुन्छ । एउटा मात्र जीव लोप हुँदा त्यसको असर अन्य जीवहरुले खेप्न परेको हुन्छ । यो कुरा उनले मजैले बुझेका थिए । त्यसैले लागेका थिए सर्प संरक्षणमा । पछिल्लो समय दाङ बस्दै आएका उनलाई कोराना संक्रमण भयो । उता उपचार नहुने देखेपछि उनलाई भरतपुरस्थित क्यान्सर अस्पताल लगिएको थियो । अन्तत कोरोनासँग उनी पराजित भए । क्यान्सर… पुरा पढौ

मंगल ग्रहको सतहमा चिनियाँ रोभर

काठमाडौँ — चीनको चुरोङ रोभरले मंगल ग्रहमा सफल अवतरण गरेको छ । याे सफलता सगैअमेरिकापछि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउने चीन दोस्रो मुलुक बनेको छ । करिब सात महिनाको अन्तरिक्ष यात्रापछि उक्त रोभर मंगल ग्रह पुगेको हाे । मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर शुक्रबार चुरोङ रोभर मंगल ग्रहको सतहरमा सफलतापूर्वक अवतरण गरेर नयाँ इतिहास कायम राख्न सफल भएको छ । चिनियाँ भाषामा चुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रुप हो । सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन-१ मिसन सञ्चालन गरेको… पुरा पढौ

केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको… पुरा पढौ

काेराेना संक्रमणका कारण पत्रकार पौडेलको निधन

पाेखरा । पत्रकार गणेश पौडेलको कोभिड संक्रमणका कारण निधन भएको छ । पोखराकाे गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन हाे । काेभिड संक्रमण भएपछि पत्रकार पाैडेल ११ दिनदेखि उपचाररत थिए । ४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिडबाहेक अरु समस्या थिएन । उनी २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए । गण्डकीमा एकै दिन १४ जनाको निधन गण्डकी प्रदेशमा बिहीबार एकै दिन १४ काेराेना संक्रमितले ज्यान गुमाएका छन्… पुरा पढौ

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, लिए शपथ

पाेखरा : गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त भएर शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीतादेवी पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गत २६ वैशाखमा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् । यसअघि प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै नेपाली कांग्रेस स‌सदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर आवश्यक बहुमत ३१ सदस्यकाे समर्थन नपुगेकाे… पुरा पढौ

कोरोनाबाट एकै दिन २२५ को मृत्यु, झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक

काठमाडौं : नेपालमा मंगलबार कोरोनाबाट एकै दिन २२५ जना संक्रमितको मृत्यु भएको छ। याे संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित एकै दिन २२५ मृतक थपिएका हुन्। याे संख्या अहिलेसम्मकै उच्च हो। जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८.३९ प्रतिशत रहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर समूहका २३८५ जनाको मृत्यु… पुरा पढौ

काेराेना कहर: संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमण देखिएयता साेमबार एकै दिन सबैभन्दा धेरै १३९ जनाको मृत्यु भएको छ । देशभर एकैदिन यति धेरै मृत्यु भएको यो नै उच्च संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वातै बढेको देखिन्छ । वैशाखको पहिलो साता दैनिक मृत्यु हुनेको संख्या १० भन्दामुनि थियो । वैशाख २१ बाट ५० माथि लाग्यो । त्यस दिन ५५ जना संक्रमितको मृत्यु भएको छ । २२ गते ५८, २३ गते ५४ र २४ गते ५० जनाको… पुरा पढौ

मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपराह्न ३ बजे राजीनामा बुझाएका हुन् । त्यसउपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम छ । यस अघिनै गुरुङले राजीनामा दिएका हुन् । आइतबार गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेललाई… पुरा पढौ