प्रकृति

चितवनमा मान्छे आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनको नारायणगढको नारायणी नदी किनारमा शनिबार बिहान मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । मर्निङवाकमा निस्केका भरतपुर २ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । बाघलाई ड्रोन, हात्तीको प्रयोग गरी चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले डार्ट गरेर १७ घण्टापछि नियन्त्रणमा लिएका हुन् । नदी किनारको नरकटको झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाई तर्साउने गरेको थियो । बाघकोे ब्यवहारबाट हात्तीहरु बिच्किएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई… पुरा पढौ

बाघको आक्रमण बढ्यो

दोधारा चाँदनी नगरपालिकामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको हप्ता दिन नपुग्दै नारायणगढस्थित मानवबस्ती नजिकै नारायणी नदी किनारमा अर्को मान्छेलाई बाघले आक्रमण गरेको छ । चाँदनी नगरपालिका २ की हीरादेवी शाह उखुबारीमा घाँस काट्दै गर्दा बहिबार बाघले आक्रमण गरेको थियो । उद्धार गर्न गएको टोलीले उनलाई उखुबारीभित्र मृत अवस्थामा फेला पारेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले शाहलाई आक्रमण गर्ने बाघलाई ड्रोनको प्रयोग गरी बाघ भएको स्थान पहिचान गरि डार्ट गरेर नियन्त्रण लिएको थियो । दोधारा चाँदनी नगरपालिकामा बाघको… पुरा पढौ

ड्रोनको प्रयोगगरी बाघकाे खाेजी र नियन्त्रण

कञ्चनपुर दोधारा चाँदनी नगरपालिका२ की २३ वर्षीया हिरा शाहको बिहीबार बाघको आक्रमणबाट मृत्यु भएकाे छ । दोधारा कलाशा टोलमा उखु बारीमा घाँस काट्दै गर्दा बाघले आक्रमण गर्दा घट्ना स्थलमै शाहको मृत्यु भएको थियो । बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि शुक्लाफाँट राष्ट्रिय निकुञ्जले शाहलाइृ आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने योजना बनायो । बाघ नियन्त्रण त गर्ने तर बाघ कहाँ छ भन्ने पत्ता लगाउन के गर्ने भन्ने विषयमा निर्णय लिने क्रममा ड्रोनको प्रयोग गर्ने निर्णयमा निकुञ्ज पुग्याे । यसरी बाघ नियन्त्रणमा… पुरा पढौ

बर्दिया राष्ट्रिय निकुञ्जमा प्रिन्स ह्यारीलाई बाघ अनुगमन बारे जानकारी गराउँदाको स्मरणीय क्षण

तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा विश्वकै चर्चित व्यक्तिहरूलाई स्वागत गरेको छ । विशेष गरेर बाघ, गैँडा, गोही लगायत दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकनकालागि आकर्षक गन्तव्य मानिने बर्दियामा सामान्य पर्यटक देखि बेलायती राजकुमार प्रिन्स ह्यारी, टाइटानिकका हिरो लगायत सम्म पुगेका छन् । यहाँ मैले बेलायतका राजकुमार प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज आउँदा उहाँ संग बिताएका केही क्षणका बारेमा आफ्नो अनुभव सेयर गर्दै छु । मानव जीवनमा अध्ययन, सिकाई, नयाँ नयाँ प्रविधिको ज्ञान महत्त्वपूर्ण… पुरा पढौ

लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनाैट

गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको लागि संरक्षण दूत छनौट भएका छन् । किसानको साथी लाटोकोसेरो संरक्षणकालागि पहिलो पटक संरक्षण दूत छनौट गरी संरक्षण अभियान सुरु हुन लागेको हो ।  यसकालािग ६ जना 'लाटोकोसेरो संरक्षण दूत' छनौट भएका छन्। यस क्षेत्रमा लाटोकोसेरो संरक्षणको लागि बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणको लागि कृत्रिम गुँड वितरण, चोरी शिकारी नियन्त्रण गर्ने सरोकारवालाहरुको क्षमताको अभिवृद्धि कार्यको सहजीकरण गर्नका लागि संरक्षण दूतकाे छनौट गरिएको हो। लाटोकोसेरो… पुरा पढौ

जहाँ छैन बस्ती, त्यहाँ वातावरण बिगार्ने विकास किन ?

अन्नपूर्ण क्षेत्रको नियति : आम्दानीमा तीनै तहको नजर, संरक्षणमा कोही भएन अग्रसर पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिका ताङतिङमा डिलबहादुर गुरुङले ३० वर्ष भेडिगोठ सञ्चालन गरे। त्यहाँ प्रख्यात पर्यटकीय आकर्षण बनेका कोरी लगायतको क्षेत्रमा केही वर्षयता पानी सुक्दै गएको देखेका/भोगेका छन् उनले। हिउँदको समयमा पहिला प्रशस्त पानी पाइने क्षेत्र सुक्खा हुँदै गएको उनले बताए। पानी अभाव हुँदै गएपछि उनले भेडी गोठ बन्द गरेको ४ वर्ष भइसक्यो। भेडी गोठ छाडेपछि ६७ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्गको… पुरा पढौ

बँदेल मार्न थापेको धरापमा परेर गैँडा म¥यो : ४ जना पक्राउ

बँदेल मार्न थापेको विद्युतीय धरापमा परी एउटा गैँडा मरेको छ । चितवनमा विद्युतीय धरापमा परेर गैँडा मरेपछि विद्युतीय धराप थापेको आरोपमा ४ जना पक्राउ परेको छन् । स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर १३ वर्षको पोथी गैँडा मरेको हो । विद्युतीय धरापमा परेर गैँडा मरेपछि त्यस कार्यमा सलग्न भएकाे आरोपमा भरतपुर महानगरपालिका २६ का स्थानीयलाई पक्राउ गर्रिएको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन् । सुरुमा गैँडा प्राकृतिक कारणले् मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा धरापमा… पुरा पढौ

पंक्षी – किसानका मित्र कि शत्रु ?

पंक्षी जन्तु जगतमा पर्ने, प्वाँख, चुच्चो र पखेटा भएका प्राणीको समुह हो । मानव जातिसँग निकटतम सम्बन्ध भएका यी प्राणी किसानका चाहिँ मित्र रैछन् कि शत्रु ? यो लेख पढेपछि निर्णय गर्ने जिम्मा तपाईंहरूको है । पंक्षीहरू जहाँ वर्षैभरि प्रशस्त खानेकुराको जोहो हुन्छ र बचेरा कोरल्न उपयुक्त स्थान हुन्छ, त्यस्ता क्षेत्रहरूमा बढी बसोबास गर्ने गर्छन् । खेतबारीमा वर्षैभरि बिउ, फल, फूल, अन्न तथा हरिया बोटविरुवा उपलब्ध हुने हुँदा धेरैजसो पंक्षीहरू खेतबारीका ओरपर बस्न रुचाउँछन् । त्यसकारण पंक्षी र किसानको गहिरो… पुरा पढौ

उहिले पुर्खाले वातावरण प्रति सचेत भएर पोखरी खनाए, अहिलेकाले मासे

पानी सबै सजीव प्राणीकालागि जीवन हो । पानी बिना सजीव प्राणीको कल्पना पनि गर्न सकिदैन् । यही महत्त्व बुझेका २२ से २४ राज्य काल र त्यस भन्दा अघिका पुर्खाहरूले पर्यावरण, कृषि र जैविक विविधताकाे समेत ध्यान दिएर पोखरी खनाएको पाइन्छ । पोखरी निर्माण मात्र होइन पोखरीको छेउमै वर, पिपल रोपेर चौतारी बनाएको हामीले देख्दै आएका छौं । प्रकृति पूजक विभिन्न धर्म संस्कृति मान्नेहरूले प्रकृति, वातावरण, जैविक विविधतालाई समेत ध्यानमा राखेर पोखरी, चौतारा निर्माण गरेको पाइन्छ । सनातन धर्म मान्नेहरूले यो अभ्यास बढी गरेको… पुरा पढौ

सहरबाट लखेटिँदै चमेरा

पोखराको छिनेडाँडाको बस्ती नजिकैका बाँस घारी, सिमलका रुखमा ठूलोबधुरा प्रजातिका चमेरा बाक्लै देखिन्थे । दिनभर बाँसघारी, रुखमा झुन्डिएर बस्ने साहकारी प्रजातिका चमेरा साँझपख आहारा (फलफूल) खोज्न उडान भर्थे । बिहानै फेरी त्यही आएर बस्थे ।  छिनेडाँडाको त्यस क्षेत्रमा दुई सय बढी संख्यामा चमेरा गणना गरिएको चमेराको अध्ययन गरिरहेका युवा सञ्जीव बानियाँ बताउँछन् । १० वर्ष अघि सम्म बाक्लै देखिने चमेरो अहिले भने त्यस क्षेत्रबाटै बसाइँ सराइ गरिसकेका छन् । चमेरा बस्ने रुख, बाँसघारी काटेर बस्ती बिस्तार भएपछि चमेरा अन्यत्र सर्न बाध्य भएको… पुरा पढौ